Chepang Community : चेपाङ जाति

Retrived from : Bishnuman Chepang

शदिऔ देखि यहि सिमी भुमिको काखमा जन्मि बाचिएर बसि रहेका हामी Che मध्ये एक हौ। हम्रा पुर्खाहरु कहा बाट आए कुनि थाहाछैन । कोही भन्छन रिदी बाट तम्घास हुदै यहा आइपुग्यौरे । कोही भन्छन दोलखा चरीकोट बाट काभ्रे बनेपा हुदै त्रिशुली नदीको किनार आएर बसोबास गरे, पछि सर्दै यहा आएर बसेको भन्ने भनाइछ । तर हाम्रो भनाइ अलि फरकछ हामी  चेपाङ जातिहरु धेरै थरकाछौ। ति सबै थरका चेपाङहरु बेग्लाबेग्लै तरिकाले उत्पन्न भएको हाम्रो बिश्वासछ । जस्तै लिक्च्यो र देखारीको आसपासमा पन्यूराना चेपाङहरु पन्यू बोकेर धर्ति फुतेर बाहीर आयोरे त्यसैगरी दरवइ थरका चेपाङहरु काकडा ४ बङराङ खोलाको किनारमा शहर माछाले उगेलेर निकालेको भन्ने भनाइछ । यसरीनै अरुथरको चेपाङहरुको भनाइ अरुनै खालकोछ । रहदै बस्दै जाने क्रममा जब एकै ठाउ“मा बस्ने खोलाको किनार पाखापखेरालाइ आफ्नो आहारबिहारको थलो बनाउने ढु¨ाको चेप ओदारहरुमा बस्ने भएपछि सल्लाहा गरेर अब हामी चेपाङ भनौ भन्ने भनाइछ । स्वभावैले आदिमकालका मान्छेहरु जंगली खानेकुरामा आस्रित थिए । त्यसरी नै हाम्रा पुर्खाहरुले पनि जंगली खानेकुरा जस्तै गिठ्ठा भ्यकुर तरुल खान्थे र जनावर र प“छि हरुको सिकार गर्थे र जिबिका चलाउथे । पछि बिस्तारै समुहमा बस्न थाले। समुहमा बसे पछि खाद्या अखाद्या बस्तुको पहिचान गरी त्यसको बिउ संकलनगरी खोरीया पाखा पखेरोमा लगाउन शुर गरे यसरी नै हामीले खोरियालाइ उपयोग गर्न थाल्यौ । समय बित्दै गयो त्यहि पाखा पखेरो बाट कन्डमूल ल्याउने चराचुरुङगीको सिकार गर्ने बिभिन्न किसिमका लहरे साग दाले साग भूइ साग संकलन गरी खायौ । रुख बृक्षाका गेडाबाट तेल निकाली भुटन बनायौ ,जदी बुत्तिका पात हरुबाट मसला बनायौ हरिण मृग कालिज लुइचेको सिकार गर्यौ ढु¨ाको चेप रुखको टोड्कामा भएका मौरीको महले आफ्नो पेट भरायौ । यहि खोरीया र पाखा पखेरोको भरमा यसरीनै चलिरह्यो हाम्रा जिन्दगीको यात्रा । यो यात्राको नदी अबिरल बग्दैगयो । हुदा हुदै आज हामी त एकाइसौ शदाब्दीमापो आइपुगी सक्यौ । यो युगलाइ बैज्ञानिक  युग भन्दारहेछन् यसलाइ कम्प्यूटरका जमाना पनि भन्दा रहेछन् । ज्ञान बिज्ञानले मान्छे लाइ कहा पुर्यइ सक्यो । चिल उड्ने आकाशमा मान्छे चिलझै उडि सक्यो माछा पौडिने नदीमा मान्छे तैरी सक्यो। पृथ्बी लाई छोदेर मान्छे चन्द्रमा पुगी सक्यो, बिश्वका अन्य देशहरुले आफ्नो अस्तित्व राख्न आफु लाइ शक्तिशाली देखाउन परमाणु भत्ति बनाइ सक्यो । भनिन्छ अब त ज्ञान बिज्ञानको कमालले बिश्व एकै पटकमा स्वाहा पनि हुन सक्छरे  । ज्ञान बिज्ञानले पानी लाई आगो ,प्रकाशलाई शक्तिमा परिनत गर्दो रहेछ ।

यो देश लगायत अरुदेशका  धनाध्य मान्छेहरु आफ्नो धन सम्पति कसरी जोगाउने भनेर लागेकोछ कसैलाइ धन सम्पति कसैलाइ मान इज्जत कसैलाइ शक्ति सन्तुलन कायम राख्न बिश्वका मान्छे ब्यस्त छन् । तर हामी यस भेकको चेपाङ लगायत अन्य मान्छे हरुलाई न धनसम्पति न मानईज्जत केही बचाउनु छैन  केवल पुर्खाहरुले छोदेको नासो खोरीया पखापखेरा कसरी बचाउने भनेर मुख्य चिन्ताको बिषय बनेकोछ । बर्षेनी खोरीया पखापखेरो भिर पहिरोमा परिनत हुदै गएकोछ । बोट बिरुवा मासिदै गएकोछ ,चरा चुरु¨ी आवाज बन्द भएकोछ , जीवजनवारको बास तुतेकोछ , जंगली कन्डमूलको साथ छुटेकोछ , अब त ती चिजहरुलाइ दिउसै बत्ति बालेर खोज्ने बेला भएकाछ । धेरै कुराहरु संग हाम्रो सम्बन्ध हराएकोछ । मंसिरमा चिउरीको फूलको बासना छैन ,चैत्रमा फूल्ने धयारो फूलको रड कस्तो हुन्छ थाहा छैन ।

chepang plou

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s